अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा स्याङ्जाको दशौं साधारणसभा तथा पाँचौ अधिबेशन शनिबार वालिङमा सम्पन्न भएको छ । 
अधिबेशनले पुनः किसान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतिबाट निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष नरेन्द्र केसी हुनुहुन्छ भने निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा चुडामणि लुईटेल (रामु), उपाध्यक्षमा हरि रेग्मी, सचिवमा रामचन्द्र नेपाल, सहसचिवमा ध्रुब खनाल, कोषाध्यक्षमा युवराज गौतम रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा छायाँदेवि लुईटेल, राजेन्द्र गोदार, सुदर्शन रेग्मी, द्रबेन्द्रदेव खनाल, युवराज खनाल, गीता गैह्रे, पार्वती न्यौपाने, चिरञ्जीवी रेग्मी रहनुभएको छ । 
जिल्लाभरी ६८ पुस्तक तथा स्टेशनरी ब्यवसायीहरु यस संस्थामा आबद्ध छन् । कार्यसमितिको आगामी बैठकले महासमिति सदस्य, प्रदेश प्रतिनिधि तथा सल्लाहकारहरु मनोनित गर्ने बताईएको छ । साधारणसभा तथा अधिबेशनको उद्घाटन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक ऋषिराम शर्मा भण्डारीले कुनै पनि ब्यवसायभित्र विकृति आयो भने त्यो बाहिरको कसैले नल्याउने र ब्यवसायीभित्रैबाट आउने भएकाले सतर्क भएर कार्य गर्न आग्रह गर्नुभयो । ब्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट कार्य गर्न पनि उहाँको सुझाव थियो । ब्यवसायीहरुका समस्याकाबारेमा आँफुलाई जानकारी भएको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । 
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले ब्यवसायीहरु एकताबद्ध भएर स्वस्थ प्रतिस्पर्धामा उत्रन सकेमात्रै ब्यवसाय फस्टाएर जाने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेश सचिव शिवराज बास्तोला, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटा, वालिङ नगरपालिकाका स्रोतब्यक्ति टोपबहादुर थापा, चापाकोट नगरपालिकाका स्रोतब्यक्ति विष्णुप्रसाद अर्याल, पुरानो पुस्तक ब्यवसायीबाट केदारशरण विकल, प्याब्सन केन्द्रीय सदस्य अमृत अर्याल, प्याब्सन स्याङ्जाका कोषाध्यक्ष होमकान्त गौतम, पुस्तक ब्यवसायीहरु हेमप्रसाद गैह्रे, विद्या अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा पुरानो पुस्तक ब्यवसायीहरु केदारशरण विकल र एकनारायण तिवारीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । संस्थाका बरिष्ठ उपाध्यक्ष चुडामणि लुईटेल (रामु) को स्वागतसँगै शुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष किसान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव रामचन्द्र नेपालले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...