अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

सामुदायिक बन उपभोक्ता महासंघद्वारा सञ्चालित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत वालिङ नगरस्तरीय अन्तरक्रिया कार्यक्रम शनिबार वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले लैगिक हिंसा विरुद्ध विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा लैगिक हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले लैंगिक हिंसाविरुद्ध विभिन्न खालका सचेतना कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, सामुदायिक बन उपभोक्ता महासंघ न्यायिक समिति सदस्य एवम् वालिङ नगर प्रवक्ता केदार काफ्ले, महासंघका प्रदेश सदस्य ऋषिराम काफ्ले, वालिङ ८ नं. वडा अध्यक्ष कमलप्रसाद सुबेदी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यमलाल शर्मा पंगेनीको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन सीता काफ्ले रेग्मीले गर्नुभएको थियो भने महासंघका अध्यक्ष कमलप्रसाद गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ न्यायिक समिति सदस्य केदार काफ्ले र सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश सदस्य ऋषिराम काफ्लेलाई सम्मान गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...