अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

मैत्रीपूर्ण फूटवलमा तरुण दल बीजयी

वालिङ कार्तिक ११
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसर पारेर बुधबा  स्याङ्जामा मैत्रीपूर्ण फूटवल प्रतियोगिता सम्पन्न गरिएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा प्रतियोगिता भएको हो ।  
जय नेपाल छात्रबृत्ती कोष स्थापनार्थ आयोजित सो मैत्रीपूर्ण फूटवल प्रतियोगितामा तरुण दलले नेपाली कांग्रेस पार्टीलाई ६ का बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै बिजयी भएको  हो । यसैगरी, नेपाल बिद्यार्थी संघले भने तेस्रो स्थान पाउन सफल भएको छ । प्रतियोगितामा बिभिन्न ६ समूहको सहभागिता रहेको थियो । 
प्रतियोगिताको उदघाटन गर्दे ब्यवस्थापिका सांसद सदस्य कमलप्रसाद पंगेनीले युवाहरुको शारिरीक एवं मानसिक तन्दुरुष्टीका लागि यस्ता खेलकुदको आवश्यकता पर्ने बताउदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयोे । कार्यक्रममा अर्का सांसद राजु थापा, नेपाली कांग्रेस जिल्ला सचिव कुमार राना, कोषाध्यक्ष प्रेमराज पौडेल, कगे्रस क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, महासमिति सदस्य बुद्धिमान शाही लगायतले युवाहरुलाई सत्मार्गमा डोरयाउन पनि यस्ता खेलकुद कार्यक्रमको प्रभावकारिता रहनेमा जोड दिएका थिए । 
नेपाल तरुण दल स्याङजाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो ।