अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

गाउँ घर स्वास्थ्य क्लिनिक

आँधीखोला गाउँपालिकाले श्रवणकुमार जेष्ठ नागरिक गाउँ घर स्वास्थ्य क्लिनिक कार्यक्रम थालनी गरेको छ । ६ वटै वडामा रहेका जेष्ठ नागरिकलाई घर घरमा सेवा पु¥याउने उद्धेश्यले गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले बाबु आमाको पालन गर्न नसक्ने छोरा छोरी हुन नसक्ने बताउनुभयो । अर्थतन्त्र तहस नहस हुँदा बुद्धभत्ता यस आर्थिक बर्षमा नबढेको बताउँदै मरासिनीले ५ बर्ष भित्र बाचा अनुसार ५ हजार भत्ता पुग्ने दाबी गर्नुभयो । निर्वाचनका बेला गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिनिधि सभा सदस्य मरासिनीले जिकिर गर्नुभयो । सरकारले योगदानको आधारमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम ल्याएको बताउदै मरासिनीले थालनीले कोही डराउन नपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले श्रवण कुमारले आमा बाबुको सेवा गरे जस्तै आँधीखोलाले बृद्धबुद्धा आमा बुवाको सेवा गर्ने कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो । उहाँले उमेरका हिसाबाले स्वास्थ्य चौकी र अस्पतालमा जान नसक्ने बृद्धबृद्धा आमा बुवाका दुखका दिन सकिएको बताउनुभयो । उहाँले गाउँपालिकाले हरेक एक एक महिनामा यहाँ रहेका सबै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गराउने लक्ष्य लिएको बताउनुभयो । उहाँले जान सक्नेलाई गाउँ क्लिनिकमा पु¥याएर उपचार गरिने छ भने जान नसक्ने जेष्ठ आमा बुवा तथा अपाङ्ग र गर्भवती महिलालाई घरमै उपचार गरिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष शर्मिलादेबी पौडेल, जिल्ला समन्वय समिति सदस्य सिता थापा, नेकपाका नेता बिश्व पौडेल, नेपाली काँग्रेसका प्रदिप पौडेल मन्तब्य राख्नुभएको थियो । १ हजार ७ सय ६७ बृद्धबृद्धा रहेको आँधीखोलामा आगामी आर्थिक बर्षमा हरेक हप्ता जेष्ठ नागरिकको घर घरमा पुग्ने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले ९३ बर्षिय एकनारायण देबकोटाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको सुभारम्भ गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...