अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

सरसफाई तथा सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम

 
वुईस्डम योङस्टेर वालिङले शुक्रबार वालिङ नगरभित्रका विभिन्न स्थानमा सरसफाई तथा सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । वालिङमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा नगरका विभिन्न भागमा सरसफाई गरेको छ भने दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको हो । सरसफाई अभियान वालिङ मोड, तल्लो वालिङ, भुम्रे चोक हुँदै पुनः वालिङमा आएर सकिएको थियो । कार्यक्रममा क्लवका संस्थापक प्रज्वल रनपाल र संयोजक मनोज गिरीले समाज बिकासको लागी सबै युवाहरु एकजुट हुनुपर्नेमा जोड दिदै सडक दुर्घटना न्यूनिकरणमा हामी जस्ता युवाहरुको महत्तवपूर्ण जिम्मेवारी रहने बताउनुभएको थियो ।
बसन्त अर्यालको स्वागत सगै शुरु भएको सरसफाई तथा सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममा विपिन गैह्रेको सभापतित्व , र सचिव युवराज तिवारीकोे सञ्चालनमा सम्पन्न भएको थियो । वुईस्डम योङस्टेरले यसअघि देउसी भैलोबाट संकलित रकमले गरिव तथा विपन्न, अपाङ र मृगौला पीडितलाई खाद्यान्न, लत्ताकपडा र रकम  प्रदान गरेको छ । यस अगाडि सोही समुहले देउसी भैलोको रकमबाट शिवपार्वती बृद्धाश्रम रामनदी धाममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न प्रदान गरेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...