अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

पुरुष भलिबल प्रतियोगिता शुरु

स्याङ्जाको भीरकोट ५ थालेखर्कमा शुक्रबारबाट गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । शिबजी टोल विकास संस्था र निशान युवाक्लबको संयुक्त आयोजनामा गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै भीरकोट नगर प्रमुख छायाराम खनालले खेल क्षेत्र र खेलाडीको क्षमता विकासका लागि नगरपालिका सदैव तत्पर रहेको विचार ब्यक्त गर्दै खेलका माध्यमबाट नगरपालिकाको उचाई बढाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा नगर उपप्रमुख सीमा केसी कर्माचार्य, १ नं. वडा अध्यक्ष एवम् नगर प्रवक्ता दिपेन्द्र केसी, प्रायोजककातर्फबाट मुक्तिनाथ विकास बैंक बयरघारी शाखाका प्रमुख विष्णुहरि उपाध्याय, नगरपालिकाका बोर्ड सदस्य विष्णुमाया काफ्ले, ५ नं. वडाका कार्यबहाक अध्यक्ष कृष्णबहादुर थापा, नगर प्रमुखका स्वकीय सचिव नन्दलाल खनाल, नेविसंघ भीरकोट नगर सभापति लक्ष्मण अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
तीलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत सचिव चन्द्रबहादुर थापाले र सञ्चालन अमृत क्षेत्रीले गर्नुभएको थियो । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने समूहले नगद ४९ हजार ९ सय ९९, द्वितीय हुने समूहले २९ हजार ९ सय ९९, तृतीय हुने समूहले नगद १९ हजार ९ सय ९९ र सान्त्वना हुने समूहले ९ हजार ९ सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...