अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

बजार नपाउँदा किसानहरु चिन्तित

स्याङ्जामा सुन्तला उत्पादन अघिल्ला वर्ष भन्दा बढी भए पनि बजार नपाउँदा किसानहरु चिन्तित छन् । सुन्तला उत्पादक जिल्लाकै रुपमा चिनिने स्याङ्जामा यस वर्ष ऐतिहासिक रुपमा बृद्धि भएको अनुभवी किसानहरु बताउँछन् । तर मध्य मंसिरसम्म पनि व्यवसायीक रुपमा बिक्री हुन नसकेपछि किसानहरु चिन्तित बनेका हुन् । झण्डै ८० रोपनी क्षेत्रफलमा सुन्तला रोपेका जिल्लाकै सबैभन्दा धेरै सुन्तला बिक्री गर्नेमध्ये फणिनारायण अर्यालले अघिल्ला वर्षमा कात्तिकमै सुन्तला खरिद गर्न आउने व्यापारी अहिले मंसिरमा पनि नआएकोमा दुखेसो पोख्नुभयो । ‘गत वर्ष ४० मेट्रिक टन सुन्तला फलेकोमा यस वर्ष झण्डै ६० टन भन्दा बढी उत्पादन भएको छ,’ उहाले भन्नुभयो ‘उत्पादन बढ्यो, ब्यापारी आएनन्  चिन्ता थपियो ।’
यस्तै, पुतलीबजार नगरपालिका–११ का बोधराज अर्याल पनि सुन्तला खरिदका लागि ब्यापारी नआएकोमा चिन्तित हुनुहुन्छ  । सुन्तला सुरपरजोन संचालक समितिका अध्यक्ष समेत रहेका अर्यालले भन्नुभयो ‘सुन्तला उत्पादन बढ्यो, बजार पाउन सकेनौँ, केही ब्यापारी ४ वर्ष पहिलेको भाउमा अहिले सुन्तला खोज्छन् ।’ सुन्तलाबाट स्याङ्जामा वर्षेनी करोडौं रुपैयाँ भित्रिन्छ । यहाँका दर्जनौँ सुन्तला किसानले वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन् । १ लाखदेखि २५ लाखसम्म सुन्तलाबाटै आम्दानी गर्ने उनीहरुको भनाइ छ । 
भिरपाखामा समेत सुन्तला पाकेर पहेंलपुर छन् । उत्तर मोहडाका अधिकांश बारी, पाखा, बनमा समेत लटरम्मै सुन्तला झुलेका छन् । अझै केही सातासम्म पनि ब्यापारी नआए सुन्तला बिग्रनसक्ने चिन्तामा पनि छन् किसानहरु । यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, नारायणगढ, काठमाडौं लगायत सहर हुन् । स्याङ्जा, सेतीदोभान, हेलु बजार, बयरघारी, वालिङ, गल्याङ, मिर्मी, नागडाडा, राङखोला, बाडखोला लगायत स्थानीय बजार हुन् । त्यस्तै दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र मानिन्छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...