अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

संवैधानिक अधिकारको सरकारले खिल्ली उडायो

रेडियो आँधीखोला,
१७ मंसिर ।
नेपाल तरुणदल स्याङ्जाले सरकारलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकार र जिल्लाका केही स्थानीय तहले गरेको गतिविधिका बिषयमा ७ बुँदे ध्यानाकर्षण गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । 
निर्मला हत्याकाण्डको छानविन, नेपालीहरुको धर्म र संस्कृतिको बेला गरिएको मुल्यबृद्धि, भ्रष्टाचारका कारण जनताले झेल्नु परेको समस्या, नेपाल वायुसेवा निगममा भएको अनियमिता, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद, संविधानमा उल्लेख भए भन्दा विपरीत धर्म प्रचारमा सरकारको सक्रियता 
र भीरकोट नगरपालिकामा स्थानीय रामप्रसाद खनालको एक्साभेटर (डोजर) जलाउने माथि कारबाहीसँगै हरिनास गाउँपालिका प्रमुखले सुरक्षाकर्मी माथि गरिएको कुटपिट लगायतका ७ बुँदे ध्यानाकर्षण ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले जारी गरेको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डलाई छानविन गरी दोशी छिटो पत्ता लगाई पीडित पक्षलाई न्याय दिन माग गरिएको छ । 
निर्मला पन्तको हत्याकाण्डमा न्यायोचित वातावरण नबनाएमा तरुण दल जस्तोपनि कदम चाल्न बाध्य हुने चेतावनी दिदै यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकार हुनुपर्ने माग राखिएको छ । 
न्याय संगत ढंगबाट जनता जीवनयापन र कानुनी राज्यको अवधारणामा न्यायिक समाधान छिटो खोज्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गरिएको नेपाल तरुणदल स्याङ्जाले जनाएको छ । ज्ञापनपत्र बुझाउन गएको तरुणदलले जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा समेत गरेको बताइएको छ । 
कोणसभामा जिल्लामा भएका घट्नाक्रमलाई राजनीति भन्दा माथि उठेर छानविन गर्न प्रजिअलाई आग्रह गरिएको छ । तरुण दलले बुझाएको ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पु¥याउने प्रतिवद्धता जिल्ला प्रशासन कार्यालयले दिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...