अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

वालिङ नगर कार्यपालिकाको २६ औं बैठकको निर्णय

 
 
 
 
रेडियो आँधीखोला,
१७ मंसिर ।
वालिङ नगर कार्यपालिकाको २६ औं नियमित बैठक बसेको छ । वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको वालिङ नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।  
बैठकले अपाङ्गता परिचय पत्र वितरणसम्बन्धी कार्यविधि २०७५ पारित गरी नगर उपप्रमुख कल्पना तिवारीको संयोजकत्व ‘अपाङ्गता परिचय पत्र समन्वय समिति’ गठन गर्ने, वालिङ नगरपालिकाको हिउँदे सभा २०७५ पौष १० गते गर्ने, वालिङ नगरपालिका ११ नं. वडाको स्वास्थ्यचौकी भवन निर्माणका लागि आवश्यक अपुग जग्गा खरिद गर्ने निर्णय गरेको छ । 
त्यस्तैगरी पौष ५ देखि ७ गतेसम्म मेयर कप भलिबल प्रतियोगिता गर्ने र वालिङ नगरपालिकाका १४ वटै वडाबाट एक एक समूह सहभागी गराउने गरी वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नगर कार्यपालिका सदस्य युगमाया पंगेनीको संयोजकत्वमा १२ सदस्यीय नगरको फोहोर मैला ब्यवस्थापनका लागि फोहोर मैला ब्यवस्थापन तथा वातावरण संरक्षण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...