अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

घुम्ति सेवा शिविर सम्पन्न

 
 
रेडियो आँधीखोला,
१७ मंसिर ।
जिल्ला प्रशासनको आयोजना तथा आँधीखोला गाउँपालिकाको समन्वयमा आँधीखोला गाउपालिका ४ मा घुम्ति सेवा शिविर सम्पन्न गरिएको छ । नागरिकता बितरण गर्दै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सदरमुकाममा पुगेर नागरिकता लिन नसक्नेका लागि यस्ता शिविर आयोजना गरिएको बताउदै वडा वडामा पुगेर यस्ता शिविर अन्य स्थलमा पनि संचालन गर्ने जानकारी दिनुभयो । 
कार्यक्रममा गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले सिंहदरवारको सुबिधा गाउमै आएको भन्दै भोलीका दिनमा अन्य वडाहरुमा पनि यस्तो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । वडा नं. ४ का अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव सन्तोष ढकालले शुभकामना मन्तब्य र नायब सुब्बा यदुराम ढकालले संचालन गर्नुभएको थियो । 
घुम्ति सेवा शिविरमा ६३ जनाले नागरिकता र ८९ जनाले मतदाता नामावलीमा फोटो खिचाएका छन । शिविरवाट पहिलो नागरिकता पाउनेमा ६५ बर्षे मनबहादुर बिक हुनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...