अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

असल नेता नहुदा देश डुब्यो ः नेता गुरुङ्

news

रेडियो आँधीखोला, २१ मंसिर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले असल नेता नपाउदा देशको अवस्था नाजुक हुदै गएको बताउनुभएको छ् । वालिङ जेसिजको १६ र्औ साधरणसभा तथा १५ औं अधिवेशनको वालिङमा उदघाटन गर्दै नेता गुरुङ्ले असल नेता नहुन्जेल देश नबन्ने बताउनुभएको हो । 
भष्ट्रचार गर्नेहरु नेता बन्ने परिपाटी बस्यो देशमा नेता गुरुङ्ले भन्नुभयो“जव सम्म भष्ट्र नेताहरुलाई नेपालीले बहिष्कार गर्दैनन् तव सम्म मुलुकको हालत यस्तै रहनेछ ।” भष्ट्रचार गर्ने नेतालाई माला र खादाले स्वागत गर्ने बानीले नेपालीले दुःख पाईरहने जिकिर गुरुङ्को थियो । संविधान सभाका सदस्य समेत रहेका गुरुङ्ले नेतृत्वमा विश्वास, इमान्दारीता र विकास प्रति चासो नदेखाउदा नेपाली जनताले अपेक्षा गरे अनुसारको काम हुन नसकेको बताउनुभयो ।
जेसिज नेतृत्व सिकाउने संस्था भएकाले जेसिजबाट पनि सिक्नु जरुरी रहेको नेता गुरुङ्को भनाई थियो ।  उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, 
नगरप्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्ले, कागे्रसका क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, जेसिजका पुर्व अध्यक्ष भिमप्रसाद पंगेनी, अमृत अर्याल, शान्ता थापा, नेपाल आर्दश माविका प्रिन्सीपल होमकान्त गौतम, भीरकोट जेसिजका अध्यक्ष उमेश गुरुङलगायतले बोल्नुभएको थियो ।  
जेसिज सन २०१८ का अध्यक्ष यामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  स्वागत उपाध्यक्ष विश्वास लम्साल, आस्थापाठ दुर्गा न्यौपाने, धन्यवाद राधाकृष्ण डुम्रे र सञ्चालन महासचिव महेश रेग्मीले गर्नुभएको थियो । १५औँ अधिवेसनले राजु तिवारीको अध्यक्षतामा सन् २०१९ का लागी  नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ  । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...