अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

वालिङ मोडसहित विभिन्न ३ ठाउँमा फ्रि वाईफाई

news

रेडियो आँधीखोला, २१ मंसिर ।
स्याङजा जिल्लाको विभिन्न ३ स्थानमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । स्मार्ट वालिङको रुपमा अगाडि बढीरहेको वालिङ नगरपालिकाको विभिन्न ३ स्थानमा सुबिसू केवल नेटले फ्रि वाईफाईको व्यवस्था मिलाएको हो । वालिङको प्रमुख केन्द्रविन्दु वालिङ मोड, वालिङनगरपालिका परिसर र गह्रौँ घ्याङलिङ प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा फ्रि वाईफाई जडान गरिएको सुबिसू नेपालका अध्यक्ष सुधिर पराजुलीले बताउनुभयो ।  
विभिन्न स्थानबाट आएका पर्यटकहरुलाई मध्यनजर गर्दै वालिङ मोडमा वाईफाई जडान गरिएको बताउँदै अध्यक्ष पराजुलीले भन्नुभयो,“विरामी तथा विरामीका कुरुवाहरुलाई आफन्तसंग नजिक हुने वातारण वाईफाईले प्रदान गर्नेछ ।” स्मार्ट वालिङको रुपमा दु्रत गतिमा गईरहेको वालिङलाई प्रविधिका क्षेत्रमा सहयोग गरेको भन्दै नगरप्रमुख दिलिपप्रताप खांणले खुसी व्यक्त गर्नुभयो । 
बढ्दो आधुनिकिकरणसंगै टेक्नोलोजि बिना मानिस अगाडि बढ्न नसक्ने भन्दै सुबिसूसंगै टेक्नोलोजी क्षेत्रमा सहकार्य गर्ने प्रमुख खांणले बताउनुभयो ।  सफलता प्राप्त गर्नका लागी हरेकलाई ईच्छाशक्तिको आवश्यकता पर्ने भन्दै प्रमुख खांणले भन्नुभयो,“ईच्छाशक्तिमा तालमेल मिलाउन सकियो भने ठुलो परिर्वतन ल्याउन सकिन्छ ।”
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, सुविसू नेपालका उपाध्यक्ष सुनैना घिमिरे पाण्डे, कार्यकारी निर्देशक बिनय साउद, क्यान कास्कीका पुर्व अध्यक्ष चण्डीप्रसाद अर्याल, क्यानका सल्लाहकार दिपक लम्साल लगायतले प्रविधिको बारेमा चर्चा गर्नुभयो । क्यान स्याङजाका अध्यक्ष कृष्ण बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रदेश कोषाध्यक्ष देव बोगटी र सञ्चालन धु्रव सुवेदीले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...