अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

हिन्दु–खस आर्य जनजाति तथा अन्य कल्याणकारी संस्थाको प्रथम साधारण सभा

 
 
रेडियो आँधीखोला, २१ मंसिर ।
हिन्दु–खस आर्य जनजाति तथा अन्य कल्याणकारी संस्थाको प्रथम साधारण सभा  भीरकोट नगरपालिका १ बयरघारीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख छायाराम खनालले कल्याणकारी संस्थाको हितका लागी नगरपालिका प्रतिवद्ध रहेको भन्दै सबैको सहकार्य भएमा संस्थाको प्रगति हुने बताउनुभयो । 
कार्यक्रममा नगरप्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, दुर्गादत्त भुसाल, देवि पौडेल, तोयनाथ अर्याललगायतले बोल्नुभएको थियो । यसैबीच कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको छ । तोयनारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । 
उपाध्यक्षमा देवि पौडेल, सचिवमा छविलाल थापा, कोषाध्यक्ष तिलबहादुर लम्साल रहनुभएको छ भने सदस्यहरुमा ढाकाराम खनाल, चिन्तामणी चापागाँई, तिलबहादुर रोका, जयबहादुर गोदार, माया रोका, चेतकुमारी भुसाल र महेश्वर गौतम रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा तोयनाथ अर्याल, दुर्गादत्त भुसाल, शेषकान्त खनाल, गंगाधर शर्मागौतम, जगदिश कोईराला, रामप्रसाद भुसाल, गजधर भुसाल रहनुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...