अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

स्वास्थ्य बीमा सम्बन्धी अन्र्तक्रिया

 
 
 
 
सनराईज बैंक लिमिटेडले स्वास्थ्य बीमा सम्बन्धी अन्र्तक्रिया गरेको छ । बैंकले वालिङमा स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्ट्रोनिक बैंकिङ्घ सम्बन्धमा जानकारी दिने उद्देश्यले अन्र्तक्रिया गरेको हो ।  
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा वालिङ हस्पिटल प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले स्वास्थ्य बीमा सबै उमेरसमुहका व्यक्तिहरुले गर्नुपर्ने भन्दै बैंकले ल्याएको विषेश बीमा निकै लाभदायक रहेको बताउनुभयो । बैंकले वालिङ साखाअन्र्तगत वालिङ हस्पिटल प्रालिसंग सहकार्य गर्दै विषेश बीमा कार्यक्रम ल्याएकाले स्वास्थ्य बीमाको बारेमा एकपटक सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा बैंक वालिङ साखाका म्यानेजर धु्रव लम्सालले स्वास्थ्य बीमाको बारेमा प्रकाश पार्दै बीमाको प्रक्रिया, सेवा सुविधालगायतका विषयमा प्रकाश पार्नुभएको थियो साथै उहाले स्वास्थ्य बीमाबाट २० प्रतिशतसम्मको  उपचार सेवा सयभन्दा बढी जुनसुकै अस्पतालबाट पाउन सकिने बताउनुभयो । 
साथै ५ लाख सम्मको दुर्घटना बीमा रहेको बताउनुभयो । कार्यक्रममा विवेक अर्यालले बैंकको ईसेवाको बारेमा प्रकाश पार्दै अफिस समयबाहेकका अन्य समयबाट समेत बैंकमार्फत ईसेवा पाउन सकिने बताउनुभयो । कार्यक्रम बैंकका प्रभावती विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण अधिकारीले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...