अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बोलबम समिति वालिङको अध्यक्षमा पुनः तिवारी

news

रेडियो आँधीखोला,
वालिङ २३ मंसिर ।
बोलबम समिति वालिङको प्रथम साधारण सभा तथा अभिवेसन घ्वाङखोलामा सम्पन्न भएको छ । अधिवेसनले पुन दिपेन्द्र तिवारीको अध्यक्षतामा २१ सदस्यीय समितिको चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा छमकला कुँवर, सचिवमा राजु तिवारी, कोषाध्यक्षमा केशव पराजुली, सहसचिवमा अशोक तिवारी, सहकोषाध्यक्षमा तेजु रेग्मी रहनुभएको छ भने सदस्यहरुमा लेखनाथ गैह्रे, युवराज गौतम, जिवनकुमार मल्ल, विमल खनाल, रुपेश प्रजापति, धु्रव खनाल, कृष्ण भट्टराई, कृष्ण पंगेनी, विश्वास लम्साल, प्रकाश भण्डारी, सरिता पौडेल, कृष्ण मल्ल, अनुपमा तिवारी, राधा तिवारी रहनुभएको सहायक निर्वाचन अधिकृत एसिवशरण महतले जानकारी दिनुभयो ।
साधारण सभाको उद्दघाटन गर्दै कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले बोलबम समितिले हिन्दुधर्मको संरक्षण र प्रर्वद्धन गरेको भन्दै संस्थाको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका महासचिव धु्रवविक्रम खांण, छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, समाजसेवि भरत बगाले, हुमकान्त  कोईरालालगायतले बोल्नुभएको थियो । अध्यक्ष दिपेन्द्र तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष छमकला कुँवर र सञ्चालन सचिव राजु तिवारीले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...