अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

सामाजिक विकास, शिक्षा र नयाँ नेपाल सम्बन्धमा अन्र्तक्रिय

रेडियो आँधीखोला,
वालिङ २३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्जुनचौपारी गाउँपालिका वडा नंं. ५ आरुचौरले सामाजिक विकास, शिक्षा र नयाँ नेपाल सम्बन्धमा अन्र्तक्रिय तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य  मिनप्रसाद गुरुङले मुलुकको विकासका लागी नेकपाको विकल्प नभएको भन्दै जनतासंग गरेका वाचाहरु सरकारले तोकिएको समयमा पुरा गर्ने दावी गर्नुभयो । साथै गुरुङले स्थिर सरकार नै नेकपा भएकाले  मुलुकमा विकासले गति लिएको बताउनुभयो । 
कार्यक्रममा नेकपा प्रदेश सदस्य शैलेन्द्र घिमिरेले अझै २५ वर्ष नेकपाको सरकार स्थिर रहने भन्दै विकासको सुरुवात भैईसकेको दावी गर्नुभयो । साथै घिमिरेले अर्जुनचौपारीमा विकासको लागी सँधै तत्पर रहेको भन्दै गाउँपालिकालाई नमुना गाउँपालिका बनाईने बताउनुभयो । कार्यक्रमममा आँधीखोला गाउँपालिका उपाध्याक्ष शर्मिला पौडेल, अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनुमाया गुरुङ, विश्व पौडेल, दिपक  सापकोटालगायतले बोल्नुभएको थियो । वडा संयन्त्र सदस्य गुप्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन फणिन्द्र पौडेलले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...