अहिले तरंगमा

Songs

केहि छिनमा

Nepal Khabar

समाचार

१ दिने निशुल्क शिविरबाट २ सय ३७ जना लाभान्वित

news

रेडियो आँधीखोला,
वालिङ २३ मंसिर ।
स्याङजाको आँधीखोला गाउँपालिका १ सिरुबारीमा १ दिने निशुल्क शिविर सम्पन्न भएको छ । गोल्डेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ८ सृजनाचोकले आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा नाक, कान र घाँटी सम्बन्धी निशुल्क शिविरको आयोजना गरेका हो । शिविरबाट २ सय ३७ जनाले लाभ लिएका छन् । 
नयाँबजार नाक, कान घाँटी क्लिनक पोखराका डा. कृष्ण कोईरालाको नेतृत्वमा ३ जनाको टोलीले सेवा प्रदान गरेको थियो । परिक्षण गराईएका सबैलाई निशुल्क औषधी प्रदान गरिएको संस्थाका सञ्चालक ऋषि पौडेलले बताउनुभयो । यसैबीच संस्थाले ४ जना गरिव तथा जेहेन्दार छात्रछात्रालाई नगद प्रदान गरेको छ । त्यहाँको गाउँफर्क आधारभुत विद्यालयमा अध्ययनरत ४ जना छात्रछात्रालाई नगद प्रदान गरिएको संस्थाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...