अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

अर्जुनचौपारी कृषि सहकारी संस्था लिमिटेड स्याङजाको दोस्रो साधारण

रेडियो आँधीखोला,
वालिङ २३ मंसिर ।
अर्जुनचौपारी कृषि सहकारी संस्था लिमिटेड स्याङजाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण  सभाको उद्दघाटन गर्दै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले सहकारी उत्पादनमुखी हुनुपर्ने भन्दै स–साना पुँजीलाई एकिकृत गर्ने काम सहकारीले गरीरहेको बताउनुभयो । साथै उहाँले सहकारी नाफामुखी भन्दा सेवामुखी हुुनपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा वडा नं. १ का अध्यक्ष चित्रबहादुर विष्ट, ६ का अध्यक्ष तेजबहादुर, दरौा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर रोका, ग्रामिण स्वाबलम्बन साना किसान सहकारीका प्रबन्धक शालिकराम काफ्लेलगायतले बोल्नुभएको थियो ।  संस्थाका अध्यक्ष हरिप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रणबहादुर थापा र सञ्चालन हुमनाथ देवकोटाले गर्नुभएको प्रबन्धक दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैबीच यता कालिका बचत तथा ऋण सहकारी संस्था भीरकोट १ हेलूको १२औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका उद्दघाटन गर्दै अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनुमाया गुरुङले सहकारीले सेयर सदस्य तथा उपभोत्ताहरुलाई सहज सेवा सुविधा दिनुपर्ने भन्दै सहकारी आफ्नो निति र सिद्धान्तअनुसार चल्नुपर्र्ने बताउनुभयो । संस्थाका अध्यक्ष प्रेमनारायण अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बालकृष्ण पौडेल र सञ्चालन भविश्वर कोईरालाले गर्नुभएको सहकर्मी राजन पौडेलले जानकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...