अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

खुल्ला पुरुष भलिबलको उपाधि सम्झना बलेउलाई

news

रेडियो आँधीखोला,
वालिङ २३ मंसिर ।
स्याङ्जाको भीरकोट ५ थालेखर्कमा सम्पन्न गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितको उपाधि सम्झना युवाक्लब बिरुवा ७ बलेउले हात पारेको छ । आज भएको फाईनलमा प्रतियोगितामा सम्झनाले आयोजकको रातो समुहलाई पराजित गर्दै उपाधि चुमेको हो । पराजयसंगै आयोजक निसान युवाक्लबको रातो समुहले द्धितिय स्थानमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको तृतियमा नवप्रभात युवाक्लब भीरकोट ८ चिलाउनेखर्क र सान्त्वना आयोजककै कालो समुह भएका छन् । 
विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख छायाराम खनालले नगरपालिका भित्रका विभिन्न स्थानमा आर्कषक खेल प्रदर्शन गरेका खेलाडिहरुलाई आगमी मेयरकप भलिबल प्रतियोगितामा समावेश गरीने बताउनुभयो । खेल पहिचान भएकाले खेल क्षेत्रको विकास र प्रर्वद्धनका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य र नगरप्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसीले खेलले युवाहरुलाई एकआपसमा भाईचारा तथा भातृत्वको भावना जागृत गर्ने बताउनुभयो । क्लबका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन अमृत थापाले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ४९ हजार ९ सय ९९, द्वितीय हुने समूहले २९ हजार ९ सय ९९, तृतीय हुने समूहले नगद १९ हजार ९ सय ९९ र सान्त्वना हुने समूहले ९ हजार ९ सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...