अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

समृद्धिको प्रमुख आधार कृषि ः मन्त्री थापा

news

रेडियो आँधीखोला, 
२५ मंसिर ।
गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले समृद्धिको प्रमुख आधार कृषिलाई राखेर सरकारले निति तथा कार्यक्रम बजेट ल्याएको बताउनुभएको छ । एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रदेश सरकारले योजना अगाडि बढाईरहेको बताउनुभयो । 
स्याङजाको आँधीखोला र फँेदिखोला गाउँपालिकाद्धारा पोखरा उपमहानगरपालिकाको विरौटामा सञ्चालनमा ल्याएको कृषि उपज संकलन तथा विक्रि केन्द्रको सुभारम्भको क्रममा मन्त्री थापाले गण्डकी प्रदेशका सबै स्थानीय तहका प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरी बजारीकरणमा थप प्रोत्साहन गर्न निति सरकारले ल्याएको बताउनुभयो । उहाँले स्थानीय तहको सहकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 
प्रदेश सरकारले ५ जिल्लामा खसीबोका संकलन केन्द्र स्थापना गर्न पनि बजेट विनियोजना गरेको उहाँले बताउनुभयो । मन्त्री थापाले प्रदेशमा विषादी पशुपंक्षी भित्र्याउन प्रदेशका मुख्य नाका स्याङजा र पाल्पाको सिमा राम्दी चितवन र तनहुँको सिमा  मुग्लिनमा क्वारेन्टाइन पोष्ट निर्माण गर्ने योजना सरकाले अगाडि बढाएका बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङ, योजना आयोगका उपाध्यक्ष डा.गिरधारी पौडेल, फेदिखोला अध्यक्ष घनश्याम सुवेदीलगायतले मन्ताव्य राख्नुभएको थियो । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुरेश पौडेलले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...