अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

७०औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस वालिङमा पनि मनाईयो

news

रेडियो आँधीखोला,
२५ मंसिर ।
७०औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा वालिङमा शुभकामना आदानप्रदान गरिएको छ । महिला हिंसा विरुद्ध एक हौँ भन्ने नाराका साथ मानव अधिकार संगठन स्याङजा साखाले शुभकामना आदानप्रदानको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाली कागे्रस स्याङजाका पुर्व कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदीले मानव अधिकारको लागी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाको मात्र दायित्व नभएर मुलुकका रहेक सचेत नागरिक मानव अधिकारप्रति चनाखो हुनुपर्ने बताउनुभयो । 
सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीको उदाहरण दिँदै सुवेदीले नारीहरुले हरेक तह र तप्कामा रहेर नेतृत्व सम्हाल्न सक्ने भएकाले केहि गर्न सकिँदैन भन्ने हिनता बोधको भावना हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कागे्रसका महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, कागे्रसका जिल्ला सदस्य ल्या. यामबहादुर गुरुङ, नेपाली कागे्रसका क्षेत्रिय सचिव दामोदार  लम्साल र नरबहादुर पौडेल, क्षेत्रिय कोषाध्यक्ष चेतनारायण श्रेष्ठ, नगरकार्यबहाक सभापति भीमलाल सुवेदी, नगरसचिव भुपराज बगाले, भुपू सैनिक संघका जिल्ला अध्यक्ष क्षेत्रबहादुर थापा, वालिङ नगरकार्यपालिका सदस्य युगमाया पंगेनी, समाजसेवि भोजराज गुरुङ,नेविसंघका जिल्ला कोषाध्यक्ष ध्रव पंगेनी, सक्षम महिला समितिका अनुपमा तिवारी र दुर्गा न्यौपाने, कमल कुँवर, नेविसंघ नगर सभापति दिक्षान्त खांण, विदुसा बस्नेतलगायतले बोल्नुभएको थियो । संगठनका उपाध्यक्ष सुनिता उच्चैको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेपाल शिक्षक संघका क्षेत्रिय अध्यक्ष डण्डपाणी पंगेनी र सञ्चालन ईन्दिरा केसीले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...