अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामुलक कार्यक्रम

रेडियो आँधीखोला, 
२५ मंसिर ।
सप्तरंगी कृषि सहकारी संस्था लिमिटेड वालिङ ९ भुम्रेले सचेतना कार्यक्रम गरेको छ । संस्थाले लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामुलक कार्याक्रम गरेको हो । कार्यक्रममा सामाजिक अभियन्ता दिनकर नेपालले हिंसाका प्रकृति फरक फरक हुँने हुँदा हरेक स्थानमा सचेत र सजग रहुनपर्ने बताउनुभयो । साथै उहाँले समाज परिर्वतनका लागी मुख्य तत्व सचेतना नै रहेको हुँदा संस्थाले गरेको कार्य निकै सकरात्मक रहेको बताउनुभयो । कार्यक्रममा महिला नेतृ दिपा भुसालले अझै पनि महिलाहरुलाई लैँगिक आधारमै हिंसा भईरहेको भन्दै यसमा महिलाहरु नै बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा वडा सदस्य रमता पराजुली, हिमलाल डुम्रेलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष ताराप्रसाद भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत व्यवस्थापक राजु डुम्रे, सञ्चालन सचिव कमल गैह्रे र धन्यवाद उपाध्यक्ष यामकान्त गैह्रेले गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...