अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङजाकोे छँैठौँ वार्षिक साधारण सभा

डियो आँधीखोला, 
२५ मंसिर ।
जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङजाले छँैठौँ वार्षिक साधारण सभा तथा बचत तथा ऋण कारोबारको सुभारम्भ गरेको छ । कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङल सहकारीको मुल्य र भावना अनुसार हिड्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघले अगाडि ल्याएको कार्यक्रमलाई सहयोग गर्न आग्रह गर्नुभयो । साथै गुरुङले प्रदेशले ल्याउने ऐन सहकारी मैत्रि बनाउने पहल गर्नुभयो । कार्यक्रममा नेस्कुनका अध्यक्ष डिवि बस्नेतले राज्यले सहकारीलाई हेर्ने दृष्ट्रिकोणलाई परिर्वतन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई काममा अगाडि बढ्न कानुनी बन्देज रहेको बताउनुभयो । 
कार्यक्रमा नेस्कुनका प्रदेश संयायेजक भिमबहादुर गुरुङ, संस्थापक अनन्तकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी लिमिटेडका पुण्य अर्याल, नेकपाका शैलेन्द्र घिमिरे, कागे्रसका सोमप्रसाद शर्मा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष मोतिप्रसाद पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार, मुक्तिा पाण्डे, संघका उपाध्यक्ष यज्ञ पाठक, हरि पंगेनीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुुमिजंग केसीले प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन अच्युतप्रसाद पोख्रेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...