अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

शहिदको उत्तराधिकारी बन्न नेकपा केन्द्रिय सदस्य अधिकारीको आग्रह

news

रेडियो आँधीखोला,
२६ मंसिर ।
नेकपाका केन्द्रिय सदस्य हरि अधिकारी ‘कुमार’ले शहिदको उत्तराधिकारी बन्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । शहिद कमल पौडेलको १५ औ स्मृति दिवसको अवसर पारेर मंगलबार यहाँका ६ सहिदको सम्झनामा वालिङ नगरपालिका ९ र १४ ले बायँखोलाको शहिद स्मति भवनमा गरेको शहिद स्मृति सभामा शहिदले गरेको कामलाई आत्मसाथ गर्न सकेमा शहिदको शहि सम्मान हुने बताउनुभयो । उहाँले पार्टीमा लागेकाले शहिद परिवारलाई सहयोग गर्नु आफ्नो मुख्य दायित्व सम्झन आग्रह गर्नु भएको थियो । प्रतिनिधी सभा सदस्य समेत रहनु भएका अधिकारीले दिर्घकालिन रुपमा काम गर्दा केहि कुरा छुट्न सक्ने बताउनुभयो । 
 
पाचँ बर्ष सम्म सरकार चल्ने बताउदै अधिकारीले निर्धक्कका साथ सरकारले शहिद, घाइते तथा परिवारका कुरा पुरा हुने बताउनुभयो । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड बोले देशको सबै काम गर्न सक्ने बताउदै अधिकारीले हिजो छिमेकी देशलाई हेर्ने दिन गएको बताउनुभयो । केन्द्रिय सदस्य अधिकारीले पार्टी एकता देशमा अमन चयन र देशको समृद्धि गर्ने उदेश्य सहित गरिएको बताउनुभयो । केहि समयमा पार्टीको एकताले टोल सम्म पुर्णता पाउने बताउदै नेता अधिकारीले सो अवधि सम्म बनेको संयन्त्रले काम गर्ने बताउनुभयो । 
 
सभामा नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मीले कम्युनिष्ट पार्टीको निती भित्र बिचलित नभई लाग्ने बताउनुभयो । उहाँले क्युनिष्ट पार्टीको नितीलाई गलत हो भन्नु शहिदको अपमान गर्नु भएको दाबी गर्नुभयो । शहिदको सम्मान उनका सपना पुरा गरे माात्र हुने बताउदै रेग्मीले नेकपा सधै भर लागि रहने बताउनुभयो ।  सभामा नेकपा गण्डक प्रदेश सदस्य शैलेन्द्र घिमिरले सहिदका सपना पुरा गर्ने बताउदै सहिद परिवारका सपना बाहिर राखेर पार्टी अगाडी बढ्न नसक्ने बताउनुभयो । सभामा नेकपा नेता उदय श्रेष्ठ, नेकपा गण्डकी प्रदेश सदस्य तारा प्रसाद भुसाल, प्रकाश न्यौपाने, कल्पना अर्याल, महिला नेतृ दिपा भुसाल, नयाँ शक्तिका जिल्ला संयोजक टिकाराम रेग्मी, बेद प्रसाद पराजुली लगायतले शहिद देशको गहना भएको बताएका थिए ।  
 
शसस्त्र द्धन्द्धका क्रममा कमल पौडेलको २०६० मङसिर २५ गते नवलपारसी, चुडामणी पराजुलीको २०६२ जेठ १९ गते नवलपरासी, कुस्माखर डुम्रेको २०६१ साल मंङसिर १० गते नवलपरासी, कुबिजा पारजुलीको २०६१ मंसिर १७ गते स्याङ्जाको सिर्सेकोट, ओम प्रकाश भुसालको २०६१ साल जेठ १९ गते चापाकोट र सोमन्त भुसालको २०६० साल कात्तिक २२ गते तत्कालिन शाहि नेपाली सेनाले हत्या गरेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...