अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

चापाकोटमा एकलौटी गरीएको नेकपाको आरोप, प्रथम चापाकोट महोत्सवमा सहभागि नहुने

रेडियो आँधीखोला,
२६ मंसिर ।
स्याङजाको चापाकोट नगरपालिकामा मङ्सिर २८ गतेबाट शुरु हुन लागेको प्रथम चापाकोट महोत्सबमा नेकपालाइ सहभागी नगराइ एकलौटी ढङ्गले आयोजना गर्न खोजिएको आरोप लगाउँदै नेकपाले यस महोत्सबलाइ बहिष्कार गरेको जनाएको छ । एक पंक्षीय ढंगले कार्यक्रम अगाडि बढाईएको भन्दै नेकपा नगर संयन्त्रले महोत्सवमा औपचारी सहभागीता नजनाउने प्रेस विज्ञप्ती सार्वजानिक पत्रकार सम्मेलन मार्फत जनाएको हो । 
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा प्रथम चापाकोट महोत्सबको आयोजना गरिएको हो । प्रतिपक्षीको अस्तित्व स्बिकार नगरि उपभोक्ता समिती गठन गर्ने , कार्यकर्ता भरण पोषण गर्ने थलो नगरलाइ बनाउने , प्रकृया नपु¥याइ बिभिन्न शिर्षकमा नियुत्ती दिने जस्ता क्रियाकलापले नगरपालिका भित्रको आर्थिक क्षेत्र समेत अपार्दर्शी नगर संयन्त्र संयोजक सरस्वति भट्टराईले जानकारी दिनुभयो । नेपाली काँग्रेसको टिका नलगाइ जनताले बिकाश निर्माणको रकम निकासा गर्न नपाएको बताउँदै जनप्रतिनीधीले पाट्री निर्माण गर्दै हिँड्ने व्यवस्था संबिधान बिपरित रहेको जिल्ला समन्बय समितीका सदस्य बिष्णु आचार्यको भनाइ थियो । 
नगरभित्र आयोजना हुने कुनै पनि सार्बजनिक कार्यक्रम , संघ संङगठनको पदाधिकारी निर्माण , उपभोत्ता समिती गठनमा नेकपालाइ पाखा लगाएर जाने परिपाठी चलाएको र नगरभित्र नियम बिपरीत सल्हाकार कर्मचारीको नियुत्ती गरिएको प्रति आँफुहरुको असन्तुष्ट रहेको नेकपा नगर संयन्त्र संयोजक सरस्वती भट्टराइले बताउनुभयो । राष्ट्र र प्रदेशको ठुलो दललाइ ह्याप्ने र ज्यादती गर्ने प्रबृतीले चापाकोटको बिकाश कतै हराउने हो की भन्ने प्रश्न चिन्ह खडा भएको भट्टराइको भनाइ थियो । उक्त पत्रकार सम्मेलनमा संचारकर्मी, मानबअधिकारकर्मी, सर्बसाधारण लगाएतको सहभागिता थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...