अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

गाउँघर स्वास्थ्य क्लिनिक तथा निशुल्क स्वास्थ्य शिविर ३८२ लाभान्वित

news

रेडियो आँधीखोला,
२६ मंसिर ।
स्याङजाको भीरकोट ६ बगरेबजार स्थित बालोदय अंगे्रजी आवसिय माविमा सञ्चालित गाउँघर स्वास्थ्य क्लिनिक तथा निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ८२ जना लाभान्वित भएका छन् । भीरकोट नगरपालिका आयुर्वेद स्वास्थ्य साखाद्धारा आयोजित शिविरमा ३ सय ८२ जनाले स्वास्थ्य परिक्षण तथा औषधी लिएका छन् । 
 
कार्यक्रममा बोल्दै नगरप्रमुख छायाराम खनालले नागरिकको स्वास्थ्यका लागी भीरकोट नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले आयुर्वेद तथा योगद्धारा विभिन्न रोगलाई निदान गरी स्वस्थ रहन सकिने समेत बताउनुभयो । हामीले प्रयोग गर्ने सबै औषधीको जननी नै आयुर्वेद रहेको भन्दै आयुर्वेदको महत्वमाथि प्रकाश पार्नुभयो । 
 
कार्यक्रममा वडा सदस्य लिलाप्रसाद रेग्मी, समाजसेवी विश्वनाथ अर्याल, विद्यालयका प्रिन्सीपल अमृत अर्याल, विद्यार्थी पबिन खनाललगायतले बोल्नुभएको थियो । वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निरिक्षक कविराज खेमराज देवकोटाले गर्नुभएको थियो । शिविरबाट वडा नं. ५ र ६ का स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा खिलुङ देउराली आयुर्वेद औषधालयका कार्यालय प्रमुख सरिता अधिकारी देवकोटा र आयुर्वेद साखा प्रमुख खेमराज देवकोटाको ९ जनाको टोलीले सेवा प्रदान गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...