अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

राष्ट्रिय मावि आमडालीमा अन्तरक्रिया गरियो

 
 
 
 
 
रेडियो आँधीखोला,
२६ मंसिर ।
वालिङ ६ आमडालीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार अन्तरक्रिया गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगर उप प्रमुख कल्पना तिवारीले वालिङ नगरपालिका भित्र १० वटा विद्यालयमा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा रहेका साक्षरता कार्यक्रमलाई दिगोरुपमा विकास गर्नका कोषको स्थापना गरी अगाडि बढ्नेमा जोड दिनुभयो ।
नगर उप प्रमुख तिवारीले नगरभित्र केही विद्यालय उमेर समूहका बालबालिका छुटेको बताउँदै उनीहरुलाई पनि विद्यालयको पहुँचमा ल्याउने र विद्यार्थीको भविष्य राम्रो भएमात्रै नगरको शैक्षिक गतिविधि राम्रो हुने धारणा ब्यक्त गर्नुभयो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युक्तबहादुर बोगटीले विद्यालयको शैक्षिक विकासमा उल्लेखनिय सहयोग गरी विद्यार्थीलाई पढाईप्रति रुचि जगाएको बताउनुभयो । त्यस्तैगरी रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत राजन सापकोटाले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन विषय शिक्षकहरुलाई समय समय तालिम उपलब्ध गराउने, अनुगमन र पृष्ठपोषण प्रदान गरी सहयोग गर्दै आईरहेको बताउनुभयो । 
विद्यार्थीले तोकिएकोअनुसारको आधारभूत पढाइ सिप आर्जन गर्ने, विद्यार्थीहरूमा पठन सिप र बानीको विकास हुने, शैक्षिक सामग्रीको पहुँच र प्रयोगमा सुधार ल्याई अन्तमा प्राविधिक र शैक्षिक गुणस्तर बृद्धिका लागि यस अभियानले सहयोग पुग्ने सूर्योदय क्लबका सचिव रमेश गोदारले बताउनुभयो । 
राष्ट्रिय माविमा सञ्चालित साक्षरता परियोजना तथा पस्तकालयलाई दिगोरुपमा लैजानका लागि हरेक विद्यार्थीको जन्मदिनमा जंकफुड वितरण कार्यलाई निषेध गरी जन्मदिनमा हुने खर्चलाई स्वेच्छिकरुपमा पुस्तकालयको दानपेटिकामा राख्नका लागि अभिप्रेरित गरिएको विद्यालयले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...