अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

केदारनाथ मन्दिर परिसरमा रहेको चौपारीको प्रतिष्ठा (विवाह)

रेडियो आँधीखोला, 
वालिङ, २७ मंसिर ।
केदारनाथ मन्दिर संरक्षण समितिको चौपारी प्रतिष्ठा व्यवस्थापन उपसमिति वालिङ ८ केदारनाथद्धारा मन्दिर आडमा रहेको चौपारीको प्रतिष्ठा (विवाह),  लघुरुद्री पाठपारायण एवं लक्ष्यवती प्रज्वलन गरीएको छ । 
कार्यक्रममा बोल्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले वालिङस्थित केदारनाथ मन्दिर वालिङबासीको आस्थाको धरोहर रहेको भन्दै यसको निर्माण, मर्मतसंहारका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले समेत वालिङको गहनाको रुपमा रहेको मन्दिरले वालिङको पहिचानमा टेवा पु¥याएको बताउनुभयो । 
कार्यक्रममा समाजसेवी तेजप्रसाद काफ्लेले यहाँ गुरुकुल स्थापना गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा १९ जना पण्डितद्धारा लघुरुद्री, वेदपाठ, चण्डीपाठसमेत गरीएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन खगेन्द्रप्रसाद अर्याल र स्वागत चौपारी निर्माण उपसमिति अध्यक्ष गंगाबहादुर केसीले स्वागत गर्नुभएको थियो । बाजागाजासहितको चौपारी प्रतिष्ठामा वालिङ नगरबासीको उल्लेख्य सहभागिता रहेको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...