अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

गुरुङ भाषाको प्रर्वद्धन तथा विकासका लागी खेमा लिपी प्रशिक्षण

news

रेडियो आँधीखोला,
२९ मंसिर ।
“प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ भन्ने नाराका साथ वालिङमा गुरुङ भाषा अर्थात खेमा लिपी सम्बन्धी ३ दिने प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति स्याङजाले प्रशिक्षणको आयोजना गरेको हो । गुरुङ जातीको भाषा खेमा लिपीको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो । 
प्रशिक्षणको उद्दघाटन गर्दै गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष ल्या. यामबहादुर गुरुङले प्रशिक्षणले गुरुङ भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने भन्दै विषेश गरी नयाँ पुस्तामा भाषा तथा संस्कृतिप्रति सेचत बनाउनुपर्ने बताउनुभयो । परिषदका जिल्ला अध्यक्ष रवि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव टिकराज गुरुङले गर्नुभएको थियो । जिल्लाभरीका ६२ जनाको सहभागिता रहेको प्रशिक्षणमा रुपन्देहीका भीम गुरुङले सहजीकरण गर्नुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...