अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

नयाँशक्तिको अगुवा कार्यकर्ता प्रशिक्षण

news

रेडियो आँधीखोला,
२९ मंसिर ।
नयाँशक्ति नेपाल प्रशिक्षण विभाग गण्डकी प्रदेशद्धारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार स्याङजामा सम्पन्न गरेको छ । कार्यक्रममा नयाँशक्ति नेपालका गण्डकी प्रदेश इन्चार्ज रुद्र गुरुङले समसामयिक राजनितिक विषयमा जानकारी गराउँदै समानुपातिक, समावेशी, राष्ट्रवाद, र आर्थिक समृद्धिको विकासका लागी खाका तयार गरी पार्टी अगाडि बढ्ने बताउनुभयो । 
कार्यक्रममा संयोजक देवि सुवेदी, केन्द्रिय आर्थिक विभाग प्रमुख कमल गुरुङ, प्रदेश प्रशिक्षण विभाग प्रमुख दामोदर त्रिपाठी, महिला विभाग प्रमुख मन्जु थापामगर, विज्ञ धर्म गुरुङलगायतले बोल्नुभएको थियो । प्रशिक्षणमा भिम विक, जगदिश प्रसाद गैह्रेले सहजकीकरण गर्नुभएको थियो । टिकाराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सोम नेपाली र सञ्चालन ख्यामनारायण ढकालले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...