अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

सहकारी सचेतना

वालिङ, कार्तिक १२
सहकारी सचेतना तथा वित्तिय साक्षरता तालिम गल्याङ वहुमुखी क्याम्पसमा विहिबारबाट सुरु भएको छ । दुई दिन सम्म चल्ने तालिम गल्याङ वचत तथा ऋिण सहकारी सस्थाको संयोंजनमा  शुर भएको हो ।
 
तालिमको उदघाटन गर्दै डिभिजन सहकारी कार्यालय स्याङजाका अधिकृत र्फशुराम भट्टराईले सहकारी  संस्था सञ्चालन गर्न चाहेर मात्र नहुने भन्दै सफल बनाउन पनि जान्नुपर्ने वताउनुभयो ।
 
तालिममा हाम्रो वचत तथा ऋिण सहकारी सस्थाका अध्यक्ष सुर्य प्रसाद डुम्रे, जनहित वचत तथा ऋिण सहकारी सस्थाका अध्यक्ष भुपराज अधिकारी, जगत्रदेवि तरकारी तथा फलफुल सहकारी सस्थाका अध्यक्ष  काशी प्रसाद भण्डारी, जगत्रदेवि महिला वचत तथा ऋिण सहकारी सस्थाकी अध्यक्ष वेनीकला भण्डारी लगाएतले सहकारीको वारेमा मन्तव्य राखेका थिए ।
 
तालिम सहकारीमा आम्दानी कसरी वढाउने, कमजोरीहरु तथा सफल कसरी वनाउने भन्ने विषयमा केन्द्रित रहने कार्यक्रमका सभापति तथा गल्याङ वचत तथा ऋिण सहकारी सस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।