अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

गण्डकी प्रदेशका कृषि मन्त्री थापा कृषकको घरघरमा

news

रेडियो आँधीखोला,
वालिङ ५ पौष । 
गण्डकी प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा यतिबेला  कृषकसगँ मन्त्री कार्यक्रम मार्फत कृषकको घरघरमा पुग्नुभएको छ । यसैक्रममा बुधबार स्याङ्जाको वालिङ नगरपालिका ४ सुन्तलाबारी खाल्टेमा कृषकहरुसंग अन्र्तक्रिया गर्नुभएको छ । एक तह एक बातावरण मैत्री गाउँ बनाउने योजनामा मन्त्रलायले तयारी गरेको बताउदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज संकलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजनाका साथ अगाडि बढेको बताउनुभयो । 
 
युवाले बिदेशबाट ल्याएको रकमलाई ३० प्रतिशत पशुपंक्षि र कृषिको क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशिका बनाएको बताउनुभयो । एक सहकारी एक नमुना उत्पादन कार्यक्रम मन्त्रालयले ल्याएको बताउदै मन्त्री थापाले कृषकको हितलाई हेरेर कृषि ब्यवसाय प्रबद्धन ऐन बनाउन लागेको बतउनुभयो ।  कृषकका सबै मागलाई सम्बोधन गर्ने अगाडी बढेको बताउदै मन्त्री थापाले जेठ सम्ममा निती तयार गर्ने बताउनुभयो । जग्गा बाझो राख्न नपाउने बताउदै मन्त्री थापाले जग्गा बाझो राखेमा सरकारले उपयोग गर्ने बताउनुभयो । प्रदेशले ४ सय मोडेल फर्मको रुपमा बिकास गर्न लागेको बताउदै मन्त्री थापाले मोडेल फर्मको लागि एक हजार ९ सय ९८ निबेदन परेको बताउनुभयो । 
 
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले कृषकहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणका लागि नगरपालिकाले देशका विभिन्न शहरमा वालिङ प्रोडक्ट मार्ट नामक कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताउनुभयो । उहांले नगरपालिकाले बीउ पूँजि प्रदान गर्ने, धितो नभएका किसानहरुकालागि बैंकहरुसँग नगरपालिका जमानी बसेर सहुलियत दरमा ऋण उपलब्ध गराउन सहयोग गर्ने बताउनुभयो ।
स्थानीय ब्यवसायिक कृषकहरुले उठाएका समस्याहरुको समाधानका लागि स्थानीय सरकारले पहल गर्ने नगर प्रमुख खाँणले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, वालिङ नगरपालिका ४ नं. वडा अध्यक्ष रनध्वज गुरुङ, सुबेदार खेमराज गुरुङ लगायतले किसानहरुका समस्याकाबारेमा बोल्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...