अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

नेपालको शिक्षा अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्छ ः मन्त्री लम्साल

news

रेडियो आँधीखोला,
वालिङ ५ पौष । 
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री विकास लम्सालले नेपालको शिक्षा अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ । स्याङजाकै जेठो क्याम्पस वालिङ बहुमुखी क्याम्पसको ३९औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री लम्सालले शैक्षिक क्षेत्रमा विश्वमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको हो । 
मुलुकका युवाहरु शिक्षा आर्जन गर्नकै लागी लाखौँ खर्चेर विदेश पलायन हुनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै हरेक प्रदेशमा उचित शिक्षालयको लागी सरकार प्रतिवद्ध रहेको बताउनुभयो । शिक्षाकै लागी हाम्रा होनाहर युवाहरु विदेश पलायन हुने परम्परा नै भईसक्यो, मन्त्री लम्सालले भन्नुभयो, “युवालाई विदेश पलायन रोक्न सोही अनुसारको शैक्षिक वातावरणको आवश्यकता छ” । 
मन्त्री लम्सालले सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागी जतिसुकै लगानी गरेपछि सोही अनुसारको उपलब्धी अझै प्राप्त नहुँनु दुखद रहेको बताउनुभयो । विद्यार्थीहरुकै रोजाईमा रहेको शिक्षा छनोट गरिएमा एक सफल जनशक्ति उत्पादन हुने समेत मन्त्री लम्सालले बताउनुभयो । 
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिप बगाले, वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, क्याम्पस सञ्चालक समिति सदस्य हुमकान्त कोईराला, नेकपाका उदय श्रेष्ठ, कागे्रसका टिकाराम डुम्रे, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, राप्रपाका पुर्णबहादुर गुरुङ, नेपाल आर्दश क्याम्पसका प्रमुख हुमकान्त गौतम, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष यामबहादुर कुँवर, अनेरास्ववियूका सन्तोष वोस्ती, नेविसंघका दिक्षान्त खांणलगायतले बोल्नुभएको थियो । 
क्याम्पस सञ्चालक समिति अध्यक्ष एवं गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख तोयनाथ कोईराला र सञ्चालन प्रध्यापकद्धोय भीमप्रसाद पंगेनी र विनोद खनालले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...