अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

वातावरण मन्त्री लम्साललाई वालिङ उद्योग वाणिज्य संघको ज्ञापन पत्र

news

रेडियो आँधीखोला,
वालिङ ५ पौष । 
वालिङ उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री विकास लम्साललाई स्वागत तथा ज्ञापन  पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री लम्सालले वालिङ उद्योग वाणिज्य संघले अघि सारेका बिषयवस्तुहरु, अत्यन्तै सान्दर्भिक रहेको र यसमा आफूँ पनि गम्भीर रहेको बताउनुभयो । 
साथै उहाँले जिल्लामा औद्योगिक क्षेत्र स्थापना र पर्यटन विकास गरी सिद्धार्थ राजमार्गको स्तरोन्नति लगायतका बिषयमा स्पष्ट विस्तृत परियोजना प्रस्ताव बनाई कार्यान्वयनमा लैजाने विषयमा आफूँ प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय सांसद मोहन रेग्मी, जिल्ला समन्वय समिति स्याङ्जाका उपाध्यक्ष श्री दिलिपकुमार बगाले संघका सहकोषाध्यक्ष चक्रबन्धु रेग्मी,सदस्य नरेश के.सी. कार्यकारी सचिव बाबुराम रेग्मी लगायत प्राध्यापक तथा बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो । 
संघका अध्यक्ष श्री शोभाकान्त पौडेलले वालिङमा पर्यटन विकासको राम्रो सम्भावना रहेको हुँदा यहाँको पर्यटन विकासका लागि विभिन्न कार्यक्रम ल्याई पर्यटनको प्रबद्र्धन गर्न र वालिङमा उद्योग ग्रामको अवधारणाबाट औद्योगिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्साललाई संघको तर्फबाट ज्ञापन पत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा अध्यक्ष पौडेलले सिद्धार्थ राजमार्गको स्तरउन्नति र यस क्षेत्रको विकास निर्माणमा मन्त्रीको ध्यान जाने आशा व्यक्त गर्नुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...