अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

फेँदिखोलाको जंगलमा लागूऔषध सहित २ युवक पक्राउ

news

रेडियो आँधीखोला
वालिङ, ५ पौष ।
स्याङजामा लागू औषधसहित दुई युवक पक्राउ परेका छन् । फेदिखोला गाउँपालिका २ थानचौरको जंगलमा पोखरा महानगरपालिका वडा नं. १२ शितलदेबी बस्ने २३ वर्षका साजन गुरुङ र पाटनबेसी बस्ने २६ वर्षका खगेन्द्रजंग गुरुङ पक्राउ परेका छन् । द्धोय गुरुङलाई प्रहरीले लागू औषध प्रयोग गरेकै अवस्थामा पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार ति युवकहरुको साथबाट नुफिन ६२ थान, फेनारगन ६३ थान, डाईजेपाम ६३ थान, प्रयोग भईसकेको सिरिञ्ज ३ थान र उनीहरुले प्रयोग गर्ने ग. ११ प. ४९४३ नं. मोटरसाईकल र २ थान मोबाईल समेत बरामद भएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...