अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

अदालतबाट सजाँय तोकिएको दम्पती १७ वर्षपछि पक्राउ

news

 
 
रेडियो आँधीखोला
वालिङ, ५ पौष ।
बहुविवाहको अभियोगमा जिल्ला अदालत स्याङजाबाट सजाँय तोकिएको एक दम्पतीलाई १७ वर्षपछि पक्राउ गरी कारागार पठाईएको छ । जिल्लाको साविक फापरथुम गाविस ५ हालको आँधीखोला गाउँपालिका वडा नं. ६ घर भई पोखरा महानगरपालिका १७ बस्ने नरहरी ढकाल र श्रीमती जानुका ढकाललाई कारागार चलान गरिएको हो । दम्पती ढकाललाई विहिबार नै पोखराबाटै पक्राउ गरिएको थियो । 
ढकालकी जेठी श्रीमती ढाकादेवि ढकालले २०५७ साल मंसिर २६ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाह मुद्धा दर्ता गरी अदालतले दुवैलाई १÷१ वर्ष कैद र एक हजार जरिवाना तोकेको थियो । निजहरुले पनुरावेदन गरे पश्चात तत्कालीन पुनराबेदन पोखरा अदालतबाट फैसला सदर गरेकोमा सोही समयबाट दम्पती ढकाल परार रहेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...