अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

शिकार खेल्न जानेक्रममा बन्दुक पड्केर मृत्यु भएको घटनालाई भ्रमात्मक बनाईयो, घटनामा शंकास्पद ४ व्यक्ति पक्राउ

news

रेडियो आँधीखोला,
वालिङ, ६ पौष ।
भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएका युवालाई भीरबाट लडी मृत्यु भएको भनी भ्रमात्मक सन्देश फिजाउने तथा घटनामा शंकास्पद रहेका ब्यक्तिहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ६ चिर्तुङमा शिकार खेल्न जाने क्रममा भरुवा बन्दुकको छर्रा लागी घाईते भएका गल्याङ नगरपालिका ६ का १९ वर्षीय तीलबहादुर फुङ्जालीको गत मङ्सिर १८ गते मृत्यु भएको थियो ।
“स्थानीय भीमबहादुर रानाले विना ईजाजत भरुवा बन्दुक राखेको र सोही बन्दुक लिएर ५÷७ जनाको समूह घर नजिकैको जङ्गलमा शिकार खेल्न जाने क्रममा जिपको सिट मुनी बन्दुक राख्नेक्रममा अकस्मात पड्कदाँ तीलबहादुर घाईते भएको खुल्न आएको छ” प्रहरी निरीक्षक आचार्यले भन्नुभयो, “छर्रा लागि घाईते भएका तिलबहादुरलाई उपचारका लागि गल्याङ ल्याउने क्रममा बाटोमै मृत्यु भएपश्चात पुनः फर्काएर एकरात जङ्गलमा राखेको र भोलिपल्ट भीरबाट लडेर मृत्यु भएको भ्रमात्मक सन्देश फिजाई दाहसंस्कारका लागि सेतिवेणीस्थित कालीगण्डकीमा चितामाथि राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।”
प्रहरीले वालिङमा पत्रकार सम्मेलन गरी घटनामा शंकास्पद रहेका गल्याङ नगरपालिका ६ बस्ने २८ वर्षीय कृष्णबहादुर रखाली, सोही ठाउँका भीमबहादुर थापा, छकबहादुर थापा र रोमबहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो भने अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
“तीलबहादुरको मृत्यु बन्दुकको गोलीको छर्रा लागि नभई भीरबाट खसेर भएको भनी झुट्टा विवरण बनाई लासलाई बाटोमा नै बाँधेर भोलिपल्ट विहान मृतकको घरमा लगेको अनुसन्धानबाट देखिन्छ” प्रहरी निरीक्षक आचार्यले भन्नुभयो, “मृत्युको विषयमा केही शंका लागेपछि हामीले प्रहरी टोली परिचालन गरी चितामाथि राखेको लासलाई जलाउन रोकेर शव परीक्षण ग¥यौं जहाँ मृत्युको कारण गोलीको छर्रा भएको खुल्न आयो ।”
पक्राउ परेका सबै जनालाई ज्यान सम्बन्धी कसुरको कर्तब्य ज्यान मुद्धाका लागि जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । प्रहरीले घटनास्थलबाट झाडीभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान बरामद गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...