अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

स्मार्ट सिटीका विषयमा विद्यार्थीहरुबीचमा अन्र्तक्रिया

news

रेडियो आँधीखोला,
वालिङ, ६ पौष ।
वालिङ नगरपालिकाले स्मार्ट सिटीका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्धेश्यले शुक्रबार नेपाल आदर्श क्याम्पस वालिङमा एक अन्तरक्रिया गरेको छ ।
देशका विभिन्न नगरपालिका मध्ये स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको १३ वटा नगरपालिका मध्येको एक वालिङ नगरपालिकाले भोलिका कर्णधार विद्यार्थीहरुलाई वालिङ नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि सञ्चालन गरेका हरेक गतिविधिको जानकारी गराउने र उनीहरुलाई सूसुचित गराई स्मार्ट सिटी निर्माणमा सहभागी गराउन सकियोस् भन्ने उद्धेश्यले नगरपालिकाले नगरभित्रका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि सुरुवातदेखि हालसम्म भए गरेका गतिविधिहरुकाबारेमा जानकारी गराउँदै सहभागी विद्यार्थीहरुले उठाएका जिज्ञाशाहरुकाबारेमा समेत सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले विकास ठुलोबाट नभई सानो तहबाट शुरु भएमात्रै दिगो हुने बताउनुभयो । “जवसम्म नागरिक जागरुक हुन सक्दैनन् तवसम्म हामीले परिकल्पना गरेको विकास सम्भव हुँदैन्” नगर प्रमुख खाँणले भन्नुभयो, “विकास पूर्वाधारहरु निर्माण मात्रै होईन् चेतनाको विकास अझ बढी महत्वपूर्ण हुन्छ, त्यसैले नगरवासी हरेकको चासो र समर्थन भएमात्रै विकासले फड्को मार्छ र हाम्रो परिकल्पनाले पनि निश्चित गन्तब्य चुम्नेछ ।”
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल आदर्श क्याम्पसका संरक्षक ध्रुबप्रसाद शर्मा पंगेनीले सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नसकेमात्रै विकासले नयाँ गति लिने बताउनुभयो । हरेक तह र तप्काबाट स्वतःफूर्तरुपमा नागरिकहरुमा जागरण ल्याउनु आजको आवश्यकता भएको उहाँको भनाई थियो । क्याम्पस प्रमुख होमकान्त गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक टीकराज गुरुङले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...