अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

फुलबारीको ५ औं साधारण सभा सम्पन्न

news

रेडियो आँधीखोला,
वालिङ, ६ पौष ।
फुलबारी बचत तथा क्रृण सहकारी संस्थाको ५ औँ बार्षिक साधारण सभा वालिङमा सम्पन्न गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सासंद तथा विधायन समितीका सभापती मोहन प्रसाद रेग्मीले सहकारीको बिद्येयक टेबुल हुने तयारीमा रहेको बताउनुभयो । 
 
उहाँले सरकारले अबलम्वन गरेको ३ खम्बे अर्थनिती निजी , सहकारी र सरकारीलाइ सहकारीले अबलम्बन गरे देशमा समृद्धी ल्याउन सकिने बताउनुभयो  । सहकारीमा भएको पुँजिलाई उत्पादनमा लगाउन सहकारीको माध्यमबाट होमस्टे , खेलकुद , कृषी मोडेल फर्म स्थापना गर्नपर्ने आबाश्यक रहेको बताउनुभयो । एक सहकारी एक उत्पादन प्रदेशले निर्णय गरेअनुशार सबै सहकारीले एक उत्पादन गर्न आबश्यक रहेको रेग्मीको भनाइ थियो । 
 
जिल्ला समन्वय समितीका उप—प्रमुख दिलीप कुमार बगालेले शेयर सदस्यलाइ साधारण सभामा मात्र सहकारीको ज्ञान नभइ अन्य बेलामा पनि सहकारीको शिक्षा दिन पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका पुर्व अध्यक्ष पुण्य प्रसाद अर्यालले संस्थालाइ राम्रो बनाउन जगेडा कोस बलियो भए मात्र सस्था बलियो हुने बताउनुभयो ।  सोही कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले फुलबारी बचतले उत्पादन मुलक काम मा ध्यान दिँदै सहकारी लाइ उत्पादन संग जोड्न सके मात्र सहकारीको मर्म पुरा हुने बताउनुभयो ।
 
जेष्ठ नागरिक सम्मान, उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ कारोबारीलाई सम्मान गरिएको थियो भने एसईईमा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । शैक्षिक संस्थाको तर्फबाट सचिदान्नद यादब , राजनैतिक दलको तर्फबाट राजेन्द« गैह्रे , शेयर सदस्यको तर्फबाट टिकाराम डुम्रे र श्यामला काफ्लेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तेज बहादुरथापाको स्वागत र सचिब नेत्रप्रसाद सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो  । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...