अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बेलचौरमा १ सय १ थान चार पाटे काठ पक्राउ

news

रेडियो आँधीखोला,
वालिङ, ६ पौष ।
वडा प्रहरी कार्यालय वालिङ्ले गल्याङ नगरपालिका ९ बेलचौरमा १ सय १ थान चार पाटे काठ पक्राउ गरेको छ । वेलचौर देखि पाल्पा तर्फ लैजादै गरेको अवस्थामा प्रहरीको गस्ति टोलीले प्रकाश माझीले चलाएको लु ३ त ३७५ को ट्याक्टरमा लोड गरिएको सालका चारपाटे काठ ४१ थान, नवलपरासी सुनवल ११ का रोहित चौधरीले चलाएको लु ३ त ८७४३ को ट्याक्टरमा ३७ थान,  पाल्पा रम्भा १ का यम बहादुर गाहाले चलाएको लु ३ त १०९५ नं. उल्लेख भएको ट्याक्टरमा सालका चार पाटे काठहरु २३ थान काठ बरामद गरेको हो । प्रहरीले काठका धनि पाल्पा रम्भा गाउपालिका १ का विष्णु प्रताप सेन ठकुरी सहित उल्लेखित काठ सहितको ट्याक्टर, चालकहरुलाई कारबाहीका लागि अगाडी बढाएको प्रहरी उपरिक्षक प्रकाश बिष्टले जानाकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...