अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

अमोर सेवा समाज बाल गृहलाई पोर्चुगलबाट सहयोग

news

 
 
 
 
रेडियो आँधीखोला,
वालिङ, ६ पौष ।
पोर्चुगलमा रहेका नेपाली बालिकाहरुले देउसीभैलोबाट संकलित रकम अमोर सेवा समाज बाल गृह फेँदिखोला गाउँपालिका १ स्याङ्जालाई १५ हजार सहयोग गरेका छन् । पोर्चुगलको  लिस वानमा रहेका नेपाली नारी समाजको प्रेरणामा १२ जना नेपाली बालिकाहरुको समुहले तिहारमा खेलिएको भैलोबाट संकति रकम बाल गृहलाई सहयोग गरेको हो । वालिङ जेसिजको समन्वयमा शुक्रबार बालगृहमै पुगेर नगद १५ हजार र एक सेट ईलेक्ट्रिक गिजर प्रदान गरेको छ ।  
कार्यक्रममा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले विदेशी भुमिमा रहेर पनि नेपाली संस्कृतिको जर्गेना गर्दै बालबालिकाले देखाएको सहयोगी मानवताको भावना निकै अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा वालिङ जेसिजका कार्यकारिणी उपाध्यक्ष दुर्गा न्यौपानेले त्यहाँ रहेका बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष प्रदिप कोईराला, नेपाली नारी समाज पोर्चुगलका सल्लाहकार विष्णु लुँईटेलसुवेदी, अमोर सेवा समाज बाल गृहका सञ्चालक कमला पराजुली, बालक अमृत गुरुङलगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा नेपाली जनसम्र्पक समिति पोर्चुगलका महामन्त्री दामोदर सुवेदीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । बाल गृहमा २० जना असाय तथा गरिव बालबालिका रहँदै  आएका छन् । जस्टिना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जेसिजका सचिव  एसिवशरण महतले गर्नुभएको थियो । त्यस्तै शुक्रबार नै मानव सेवा आश्रम पोखरामा समेत सहयोग प्रदान गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...