अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि ओड को हुन् त ?

news

 
काठमाडौ, 
सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ सालमा तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् रवि ओड ।
गरिब परिवारमा जन्मिएका रविलाई आफ्नो सांगितिक यात्रा अघि बढाउन निकै गाह्रो भयो । रवि बाजेको प्रेरणाले सांगितिक क्षेत्रमा अघि बढेका हुन्  । 
रविका बुवा बर्षौँदेखि भारतमा काम गरिरहनु भएको छ । रवि पनि केही वर्ष पैसा कमाउन भारत गएका थिए । तर, उनको मनले नमाने पछि उनी स्वदेश फर्किए । आफ्नो सपनालाई पूरा गर्ने कोसिसमा लागिरहे । यही क्रममा उनी नेपाल आइडलमा सहभागी बन्न पुगे । 
धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका थिए। 
स्थानीय स्तरदेखि नेपाल आइडलसम्मको यात्रा 
नेपाल आईडलमा जानुपूर्व पनि स्थानीय ठाउँमा विविन्न महोत्सवमा उनी सहभागी हुन्थे । संगीतमा विषेश रुची थियो उनको । गीत गुनगुनाइरहन्थे । रविले भने ‘नेपाल आइडल त मेरो लागि मीठो सपना मात्रै थियो, तर साथीभाइ र परिवारको सपोर्टपछि आइडलमा सहभागी हुन पुगेँ ।’ 
 
उनी अहिले दोस्रो नेपाल आइडल बनेका छन् । गरिब परिवारमा हुर्केका रविलाई जिताउन देश विदेशका समर्थकहरुले रवि ओड जिताऔँ अभियान नै सञ्चलान गरेका थिए । देउडा गीतका साथै हरेक विधाका गीतमा पोख्त रविले हरेक पाइलामा आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् । 
‘हिलोमा फूलेको कमल’
रविलाई धेरैले हिलोमा ‘फूलेको कमल’को संज्ञा दिएका छन् । उनले कहिल्यै संगीत सिक्ने अवसर पाएनन् । सुदूरपश्चिमको त्यो झुपडी नै उहाँको पाठशाला थियो । घर खर्च चलाउनकै लागि उनी २०७० सालको चुनावमा उनी म्यादी प्रहरीमा पनि भर्ना भएका थिए । 
‘सानो छँदा मैले गुनगुनाएको सुन्दा आमाले भन्नुहुन्थ्यो, ‘तिमी एकदिन ठूलो कलाकार बन्नेछौ ।’ रविले निराश हुँदै भने ‘तर अहिले मेरो यो सफलता हेर्नका लागि मलाई जन्मदिने आमा यो संसारमा हुनुहुन्न । कान्छि आमाले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ ।’  साभार उज्यालो अनलाईन
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...