अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

अबको २ वर्षमा साक्षर नेपाल घोषणा ः मन्त्री अर्याल

news

रेडियो आँधीखोला,
वालिङ, ८ पौष ।
नेपाल सरकारका भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको २ वर्षमा साक्षर नेपाल घोषणा हुने बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिका १० स्थित पुर्णामृत भवानी माविको ५६औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री अर्यालले साक्षर नेपाल घोषणाको लागी सरकार सोही अनुसार लागी परेको बताउनुभयो । 
साथै मन्त्री अर्यालले हरेक पालिकामा एक प्राविधिक शिक्षालयको निति अनुसार नेपाल सरकार अगाडि बढेको भन्दै शिक्षा जिवनउपयोगी र प्राविधिक हुुनुपर्नेमा जोड दिनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “कक्षा १० उर्तिण गरेपछि विद्यार्थीको रुचीअनुसारको प्राविधिक शिक्षा हुनेछ जुन जिवनउपयोगी समेत रहनेछ ।” 
दुरीका आधारमा शिक्षालयबाट टाढा टाढा रहेका विद्यार्थीहरुलाई आवाससहितको शिक्षाका लागी सरकार लागिपरेको मन्त्री अर्यालको भनाई छ । फरक प्रसंगमा मन्त्री अर्यालले भन्नुभयो, “पहिलो वर्ष संघियता कार्यान्वयनमै समय बित्यो दोस्रो वर्ष हामी एक्सनमा जानेछौँ, अनि बल्ल जनताले भन्नेछन् सिंहदरबारको अधिकार घरघरमा” 
संविधानमा लेखिएका विषयहरु कार्यान्वयनको चरणमा रहेको भन्दै सरकारले भर्खरै सार्वजानिक गरेको सामाजिक सुरक्षा योजना श्रममा आधारित योजना रहेको मन्त्री अर्यालको भनाई छ । राष्ट्रिय परिचय पत्रले गरिब र धनिको निधो गर्ने बताउदै मन्त्री अर्यालले सरकारले गरिबलाई सहयोग गर्ने गरि निती बनाएको बताउनुभयो । आयोग बनाएर सबै भुमि ब्यवस्था लागु हुने बताउदै मन्त्री अर्यालले कामका लागि मालपोत र नापी कार्यालयमा पैसाको अभाब हुन नदिने ठोकुवा गर्नुभयो । साथै मन्त्री अर्यालले पर्यटकीय हवको रुपमा विकास गर्नका लागी मिर्दि स्वरेक हुँदै बायँटारी सिद्धार्थ राजमार्गसम्म जोडिने रिङ रोडको योजना केन्द्रिय तहबाटै भएको  समेत बताउनुभयो । 
ऐतिहासिक पृष्ठभुमि बोकेको बिद्यालयमा शिक्षक, अभिभावक र बिद्यार्थी बिचको उत्कृष्ठ सम्बन्धले सहि परिणाम ल्याउने बताउदै मन्त्री अर्यालले उचाई हासिल गर्न गरि अगाडी बढ्न आग्रह गर्नुभयो । मन्त्री अर्यालले २०४४ सालमा यही विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएको हो । बिस २०१९ सालमा स्थापना भएको बिद्यालयमा कक्षा १० सम्म अग्रेजी र नेपाली भाषमा अध्यापन हुदै आएको छ । 
 
एक मात्र खुला बिद्यालयमा २५ जना बिद्यार्थी भर्ना भएको यस बिद्यालयमा २०६९ फागुनबाट गण्डकी प्रदेशको पहिलो बालबिज्ञान प्राबिधिक शिक्षालय र बिज्ञान बिषयमा कक्षा १२ सम्म अध्यापन हुदै आएको छ । यसैबिच स्थानिय जगदिश गैरे र परिवारले आफ्ना बाबुको सम्मझानामा १ लाख ५ हजार बराबरको सुर्य स्मृति अक्षय कोष स्थापना गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्सालले आर्थिक वर्ष २०७४÷०७५ को ३ करोड २७ लाख ५३ हजार र आगामी वर्षका लागी अनुमानित ४ करोड ६ लाख ५५ हजार रुपैँयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
 
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति एवं सांसद  मोहन रेग्मीले विद्यालयले विगतका वर्षदेखि नै यस क्षेत्रमा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नं. १० का अध्यक्ष अनन्तराज गैह्रै, विद्यालयका पुर्व स्रोतव्यक्ति भरत बगाले, वालिङ बहुमुखी क्याम्पसका प्रमुख सचितानन्द यादव, विद्यालय व्यवस्थापन समिति सदस्य यामलाल शर्मापंगेनी, अभिभावक संघका अध्यक्ष जगदिश गैह्रे, प्रधानाध्यापक गोपालधन सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, समाजसेवी  उदय श्रेष्ठ, राजेन्द्र गैह्रे, विद्या श्रेष्ठ, टिकाराम रेग्मी, शिक्षक हरिप्रसाद पंगेनी, विद्यार्थीद्धोय विासल खनाल र दिवस पाण्डेलगायतले बोल्नुभएको थियो । 
 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष  भोजराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक दिपक लम्साल र सञ्चालन शिक्षक अर्जुन तिवारीले गर्नुभएको थियो । कार्यक्रममा मुक्तिस्मृति, जिवन स्मृति,  विष्णु पराजुली स्मृति, त्रिभुवपार्वती स्मृतिलगायत विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने जनता बैंक र सनराईज बैंकले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...