अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

सरकार बरालियो ः काँग्रेस नेता थापा

news

रेडियो आँधीखोला,
वालिङ, ८ पौष ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ ।
स्याङजाको चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आईतबार स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले ईतिहासकै बलियो सरकारकोरुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको हो । “बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु पूरा हुनुपर्छ” नेता थापाले भन्नुभयो, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।”
सरकारकाबारेमा अन्यले गरेका टिका टिप्पणी सुन्न नसक्ने अधिनायकवाद सरकार हो भने वर्तमान ओली सरकार भएको उहाँको भनाई थियो । “सरकार बलियो भएका बेला जस्तो सुकै पनि कार्यहरु गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन” नेता थापाले भन्नुभयो, “ईतिहासकै बलियो सरकार हुँदा हुँदै पनि सरकारले पाएको मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो ।”
नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यहरुमा कुनै पनि अवरोध नगरेको बताउनुभयो । “हामी चाहन्छौं सरकार सरकारले धेरै भन्दा धेरै कार्यहरु गरोस् र सफल होस्” नेता थापाले भन्नुभयो, “हामी चार वर्ष सरकारलाई प्रमुख प्रतिपक्षीको हैसियतले सहयोग गर्छौं तर सरकारले राम्रो काम गर्न सकेन र जनता सरकारको काम कार्यबाट विरक्त भएका छन् ।”
सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सव सकिएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...