अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

जनहितको स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा मावि तहको हाँजिरिजवाफ प्रतियोगिता

news

 
 
 
 
 
रेडियो आँधीखोला,
वालिङ, ८ पौष ।
जनहित मावि वालिङ १४ ले यही पौष ११ गते स्वर्ण महोत्सव समारोह मनाउँदैछ । स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । यसैक्रममा आईतबार नगर अन्तरमावि तहको हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरभरीका १४ मावि सहभागि प्रतियोगितामा जिवनज्योति बोर्डिङ स्कूल थानपाटा प्रथम, पिसजोन एकेडेमी मावि द्धितिय, राष्ट्रिय मावि आँपडाली तृतिय र सगरमाथा अंग्रेजी आवसीय मावि मिर्दि सान्त्वना भएका छन् । 
विजयी समुहलाई पुरस्कार वितरण गर्दै वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै यस्ता अतिरिक्त प्रतियोगिताले विद्यार्थीलाई उर्जा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा स्रोतव्यक्ति निमप्रसाद पौडेलले समेत आफ्नो धारणा राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद पौडेलले गर्नुभएको शिक्षक  टोपबहादुर अधिकारीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...