अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

लाम्पाटामा सम्पन्न वडाअध्यक्ष कपको उपाधि आयोजकको पोल्टामा

news

रेडियो आँधीखोला,
वालिङ, ८ पौष ।
पुतलिबजार स्मृति युवा क्लब लाम्पाटा स्याङ्जाले आयोजना गरेको दोस्रो वडा अध्यक्ष कप जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि अयोजक सेतोले हात पारेको छ । आयोजक सेतोले स्याङ्जा युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै नगद ४१ हजार ४१ रुपैया सहित कप मेडल र प्रमाण पत्र हात पारेको हो । ३० टिम सहभागी प्रतियोगितामा उप बिजेता बनेको स्याङ्जाले २५ हजार २५ रुपैयामा चित्त बुझाएको हो । 
 
प्रतियोगितामा उत्कृष्ठ खेलाडी स्मृति सेतोका चक्र लामा, उत्कृष्ठ गोलकिपर डायनामि युथ क्लबका अब्दुल मियाँ, उत्कृष्ठ डिफेण्डर स्याङ्जा युथ क्लबका बिश्व किर्ती जिटी, फरवाडमा स्मृतिका सन्तोष राना, गोल कर्ता स्मृतिका उमेश रेग्मी भएको वडा सदस्य जुद्ध बहादुर थापा मगरले जानाकारी दिनुभयो । 
 
पुरस्कार बितरण गर्दै प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनीले खेलकुदले राष्ट्रलाई बिश्वमा पहिचान गराउने भएकाले राष्ट्रिय खेलाडी बन्न खेलाडीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत रुद्र प्रसाद मल्ल, वडा अध्यक्ष ख्याम नारायण अधिकारी, पुर्व जिबिस सभापती राम बहादुर थापा, बुद्धि परियार, खडानन्द अर्याल, शतिस श्रेष्ठ, कृष्ण अधिधारी, कृष्ण राना लगायतले मन्तब्य राख्नु भएको थियो । 
 
क्लबका अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब मिन प्रसाद अर्यालले गर्नु भएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...