अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

शारीरिकरुपमा अपाङगता भएकाहरुलाई ह्वील चियर

news

रेडियो आँधीखोला,
वालिङ ९ पौष ।
लायन्स क्लब अफ पोखरा मुनालले सोमबार ह्वील चियर वितरण गरेको छ । शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई वालिङ नगरपालिका ५, ६ र ७ नं. वडामा आठ थान ह्वील चियर वितरण गरेको हो । अपाङ्गताकारण यता उता हिडडुल गर्न नसक्ने, सहारा विना चल्न नसक्नेहरुलाई सहयोग गर्ने उद्धेश्यले ह्वील चियर वितरण गरेको लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्यले बताउनुभयो ।
ह्वील चियर वितरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले लायन्सले वालिङमा सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै नगरभित्र रहेका करीब ५५ जना शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई क्रमशः ह्वील चियर उपलब्ध गराउँदै जाने बताउनुभयो । “सहयोग मानवीय सेवा हो हेपाई होईन्” नगर प्रमुख खाँणले भन्नुभयो, “भिन्न क्षमता भएकाहरुलाई संरक्षण गर्ने हाम्रो दायित्व हो हामी हाम्रो दायित्वलाई पूरा गरेरै छाड्छौं ।”
वालिङ नगरपालिकाले आगामी वर्षको बजेटबाट नगरभित्रका १४ वटै वडामा रहेका खरका छाना विस्थापित गरी टिनका छानामा रुपान्तरण गर्ने योजनामा रहेको नगर प्रमुख खाँणको भनाई थियो । कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार चण्डीप्रसाद अर्यालले दुखीले दिएको आशिष सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको बताउँदै क्लबले स सानो पूँजि संकलन गरी सहयोग अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । क्लबले आगामी दिनमा नगरपालिकासँग सहकार्य गर्दै नगरभित्रका शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर उपलब्ध गराउने तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा लायन अर्जुन थापा, साविक जगतभञ्ज्याङ गाविसका पूर्व अध्यक्ष नरप्रसाद रेग्मी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष ज्ञानेन्द्रराज कोईरालाले र स्वागत ५ नं. वडा अध्यक्ष ढाकाराम पंगेनीले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...