अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बालमैत्री स्थानीय शासनको अभिमुखिकरण भिरकोटमा

news

रेडियो आँधीखोला,
वालिङ ९ पौष ।
नगरपालिका स्तरीय बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम भिरकोट नगरपालिकामा शुरु भएको छ । भिरकोट नगरपालीका लाइ बाल मैत्री नगर बनाउने उदेश्यले यो अभियान सुरु गरिएको हो । कार्यक्रमको उद्धघाटन गर्दै नगरप्रमुख छायाँराम खनालले बालमैत्रीको पद्धती आमा बाट शुरु गर्नुपर्ने धारण व्यक्त गर्नुभयो । उहाँले गर्भदेखिको भ्रुण नै बाल मैत्री हुन आबाश्यक रहेको बताउनुभयो ।
जन्मदेखि १८ बर्ष सम्म ४ चरणमा बालमैत्री ब्यवहार घरबाटनै शुरु हुने बताउँदै जन्म , स्वास्थ्य , शिक्षा र सहभागिता मा ध्यान आग्रह गर्नुभयो । बालबालीकाको मस्तीष्क एक हजार दिन सम्म बिकशित हुने र सोही समयमा  उनीहरुको ध्यान दिनपर्ने उहाँको भनाइ छ ।  
भिरकोट नगरपालीकाले आयोनजा गरेको उक्त कार्यक्रममा नगर उप—प्रमुख सिमा कर्मचार्यले स्थानिय स्तरबाटै बालमैत्री कार्यक्रमको अभ्यास गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको उदेश्य प्रकाश पार्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले नेपाल सरकारले दिएको सुचक पालना गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका, बिद्यालय व्यवस्थापन समिती, प्र.अ, शिक्षक, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेबिका , बन उपभोक्ता समतिी तथा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण बिष्णु प्रशाद चौबेद चतुर्देबीले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...