अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

स्याङजामा पनि मनाईयो देवकोटाको जन्मजयन्ती

news

वालिङ, कार्तिक १४
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती स्याङजाको गल्याङमा पनि मनाईएको छ । जगत्रदेवि साहित्य संगम गल्याङको आयोजनामा देवकोटाको १०८ औँ जन्मजयन्ती आईतबार भानुभक्त आर्चाय उच्च मावि मनाईएको हो ।
 
समारोहमा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष लक्ष्मण भट्टराई महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यले राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकोे बताउनुभयो ।
 
समाजसेवी कोमलनाथ शर्मा, शालीग्राम अधिकारी, शिक्षक श्याम प्रसाद रिजाल लगायतका बक्ताले महाकवि देवकोटाको साहिल्यका बारेमा चर्चा गरेका थिए । यस्तै नारायण प्रसाद भट्टराईले देवकोटाको जीवनीबारे प्रकाश पार्नुभएको थियो ।
 
समारोहमा नारायण प्रसाद भण्डारी, डिल्लीराम भण्डारी, लिलाबल्लब अर्याल, सुर्यप्रसाद डुम्रे लगायतले आ आफ्ना लेख, रचना बाचन गरेका थिए ।
 
जगत्रदेवि साहित्य संगम गल्याङका अध्यक्ष सुर्यप्रसाद डुम्रेको सभापतित्वमा भएको समारोहको सञ्चालन सहसचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष लिलाबल्लब अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...