अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

जनहितको स्वर्ण महोत्सवको अवसरमा सोमबार नृत्य प्रतियोगिता

news

 
 
 
 
 
रेडियो आँधीखोला,
वालिङ ९ पौष ।
जनहित मावि वालिङ १४ ले बुधबार स्वर्ण महोत्सव समारोह मनाउँदैछ । स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । यसैक्रममा सोमबार नगर अन्तरमावि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नगरभरीका १५ विद्यालयका विद्यार्थीहरुकोे सहभागिता रहेको प्रतियोगितामा साईनभिलेज वालिङका विक्रान्त सारु प्रथम, राष्ट्रिय मावि आँपडाली सृष्टि विक द्धितिय र वालिङ स्कोलर्सका सदिक्षा पराजुली र भुम्रे माविकी सलिना थापा तृतिय र भुपू सैनिक बायँटारीका अन्जली गुरुङ सान्त्वना भएका छन् । 
विजयी समुहलाई पुरस्कार वितरण गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै यस्ता अतिरिक्त प्रतियोगिताले विद्यार्थीलाई थप उर्जा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा पुर्व विद्यार्थी डा. श्यामप्रसाद डुम्रे, बोधराज कुँवर, पारिश्वर न्यौपानेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए भने पुर्व विद्यार्थी तथा हाँस्य कलाकार केशव डुम्रेले प्रहसन प्रस्तुत गर्नुभएको थियो । प्रतियोगितामा मुख्य निर्णायक गुमानसिंह राना, सप्तरंगी सहकरीका प्रबन्धक  राजु डुम्रे र भुम्रे माविकी शिक्षिका कल्याणी खांण निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद पौडेलले र बसन्त खनालले गर्नुभएको थियो भने स्वागत पुष्पा रेग्मीले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...